Monday, January 4, 2016

सित्कारमा आईएसआईएसको तारिफ

सित्कारमा आईएसआईएसको तारिफ



अमेरिकाको विस्कन्सिन राज्यमा बस्ने एउटी महिलालाई सेक्सका क्रममा निकालेको सित्कारका कारण झन्डै प्रहरी कार्यालय पुग्नुपरेको थियो। ती महिलाले सेक्सका क्रममा निकाल्ने सित्कारमय स्वरमा 'आईएसआईएस राम्रो छ, आईएसआईएस गजब छ' भनिन्। उनको यस्तो सित्कार कोठाको चौघेरोबाट बाहिरियो र ८२ वर्षीया छिमेकी वृद्धाको कानसम्म पुग्यो। छिमेकमा कसैले आतंकवादी हमलाको षडयन्त्र बनाउँदै छ भन्ने ती वृद्धालाई लाग्यो र उनले प्रहरीलाई खबर गरिन्।

तर, खबर पाएपछि प्रहरी हतारहतार घटनास्थलमा पुगेन। प्रहरीले उल्टो ती वृद्धालाई छिमेकी महिलाले निकालेको सित्कारतिर ध्यान नदिन सुझाव दिए। घटना रमाइलो लागेपछि प्रहरीचौकीका प्रमुखले ट्वीटरमार्फत घटना विवरण सार्वजनिक गरिदिएपछि यसबारे सबैलाई थाहा भएको हो। 

No comments:

Post a Comment