यस्तो छ नेपाली हिरोइनका स्क्यान्डल : रोमान्स देखि अश्लिल भिडियो -
चर्चामा आउनु र चर्चित हुनु फरक कुरा हुन् । तैपनि, आफूलाई दर्शकको नजरमा पार्न हलिउड, बलिउडमा मात्र होइन, नेपालमा पनि कलाकर्मीले चर्चाका लागि समय–समयमा ‘स्टन्ट’ गर्छन् । नेपालमा सस्तो प्रचारबाजीले क्षणिक चर्चा पाएका अभिनेताभन्दा अभिनेत्रीको संख्या बढी छ । करिब दुई दशकअघि नै भुवन केसीले आफूलाई एचआइभी लागेको छ भनेर अन्तर्वार्ता दिएर क्षणिक चर्चा बटुले । पछि, होइन भनेर सच्याउँदै हिँडे ।
राजेश हमालले शरीरमा आएका गाँठाको चेकअप गराउने भन्दै नग्न फोटो खिचाएर बदनाम कमाए । श्रीमतीसँगको सम्बन्धविच्छेदको तोडमा शिव श्रेष्ठले फिल्म अभिनयबाट सन्न्यास लिएको घोषणै गरे । जसले गर्दा उनको अन्तिम भनिएको फिल्म ‘ठुल्दाइ’ सुपरहिट भयो । तर, सन्न्यास घोषणाको केही समयपछि नै उनले कान्छी पत्नी भित्र्याएनन्, मात्र ‘मालती’ फिल्ममा अभिनय गरेर असफलताको नमिठो स्वादसमेत पचाए । त्यस्तै, नेपाली चलचित्र क्षेत्रमा अभिनेत्रीको हर्कत अझ बेजोड छन् ।
समय–समयमा विवादमा आउन उनलाई मन लाग्छ क्यारे । केही समयअघि मात्रै उनले कार्यक्रम आयोजकलाई धोका दिएको भन्ने समाचार आयो । खोटाङमा आयोजना हुने प्रोग्राममा भाग लिन जान्छु भनेर रकम लिएर पनि उनी सम्पर्कमा नआएको भन्दै आयोजकले मुद्दा हालेका थिए । तर पछि, आयोजकले नै आफूहरूबाट गल्ती भएको भन्दै माफी मागे ।
छविराज ओझासँगको डिभोर्स र व्यावसायिक टक्करका कारण पनि उनले चर्चा पाइरहन्छिन् । कहिले एमाओवादीबाट सभासद्मा उठ्न लागेकी त कहिले भोटर लिस्टमै नाम नभएका कारणले पनि उनले आलोचना खेप्नुपरेको छ । सुटिङ हुँदाहुँदै आफ्नो फिल्म ‘हिम्मतवाली’बाट तत्कालीन निर्देशक श्याम भट्टराईलाई हटाएर आफैँले ‘एक्सन कट’ गरेको कुराले पनि राम्रै हल्लीखल्ली मच्चाएको थियो । हिम्मतवालीका अभिनेता सुदर्शन गौतमसँगको अफेयरका कारण पनि उनले केही समय चर्चा कमाइन् ।
फिल्म, म्युजिक भिडियो अभिनयका कारणभन्दा बढी नम्रता विविध स्क्यान्डलका कारण चर्चामा आउने गरेकी छिन् । अभिनेत्री मात्र होइनन् उनी । उनले ‘सोल सिस्टर’ नामक फिल्म पनि निर्माण गरेकी थिइन् । तर, फ्लप भयो । त्यसपछि उनले दोस्रो फिल्म निर्माण गरेकी छैनन् । उनी अभिनीत ‘मेरो एउटा साथी छ’ र ‘नोभेम्बर रेन’ सफल फिल्ममा गनिन्छन् ।
बाल कलाकारका रूपमा फिल्म अभिनयमा प्रवेश गरेर पछि मिस टिन उपाधिसमेत जितेकी प्रियंकाले बिहे र सम्बन्धविच्छेदका कारण पनि उनले केही समय मिडियामा राम्रै स्थान पाइन् । पति र अमेरिका छोडेर नेपाली फिल्म अभिनयमा निरन्तर लागेकाले यदाकता उनको कदमको तारिफ पनि हुने गरेको छ ।
अंग प्रदर्शनका मामलामा समेत उदार मानिएकी शुभेच्छालाई माछा काण्डले फाइदा भने पटक्कै दिएन । उनको मिस नेपाल फ्लप भयो । तैपनि, उनले फिल्म हिट भएको भन्दै वितरक करण श्रेष्ठ क्रेजीलाई ‘किस’ दिइन् । मिस नेपालको सक्सेस पार्टी पनि आयोजना गरिन् । आफूले फिल्म चलाउँदा लगाएको रकम फिर्ता नपाएको भन्दै करण शुभेच्छाविरुद्ध मुद्दा–मामिलामा उत्रन लागेका छन् । वेला–वेलामा उनीहरूबीच फेसबुकमा ‘वार’ पनि हुने गरेको देखिन्छ ।
अनाथ बालबालिकाका लागि भवन बनाउने योजनाका कारण पूजनाको सकारात्मक चर्चा हुने गरेको भए पनि उनले निर्माण गरेको ‘चकलेट’ फिल्म असफल भएकाले मानिसले पत्याउन छाडेका छन् ।
आफू चर्चामा आउनका लागि बिनिताले विविध प्रपञ्च रचिन् । उनले नग्न प्रायस् लाग्ने फोटोसुट मात्र गरिनन्, निर्माताले आफूलाई त्यसखाले फोटो खिच्न दबाब दिएको तथा फोटोसपको दुरुपयोग गरेको भन्दै पत्रकार सम्मेलनसमेत गरिन् । यौन मनोविज्ञानको कथामा निर्माण गरिएको सो फिल्ममा बिनिताले खुलेरै एक्सपोज गरेकी छिन् । चपली हाइट हिट भयो ।
बिनिताको चर्चा पनि भयो । तर, हत्तपत्त अर्को फिल्म हात पार्न मुस्किल पर्यो । निर्देशक कमलकृष्णले उनलाई ‘फुलस्टप’ फिल्ममा लिए । फुलस्टप फ्लप भयो । त्यसपछि भने बिनिता तरकारीखेतीमा लागिन् । पछि, ‘जुइनो’ नामक उपन्यास लेख्दै छु भनेर पनि मिडियामा छाइन् । उनले अभिनय गरेका ‘सुपरहिट’ र ‘उमंग’ दुई फिल्म रिलिज हुन बाँकी छन् ।
पहिला निर्देशक सुदर्शन थापासँगको सम्बन्धका कारण उनले चर्चा पाइन् । सुदर्शनसँग ‘ब्रेकअप’ भएपछि अनुप्रस्थ ब्यान्डका गायक नरेन शाहीसँग उनको प्रेम भयो । उनीबीच सार्वजनिकस्थलमै कुटाकुट भएको खबरले पनि उनलाई केही समय ‘ख्याति’ मिल्यो । तर, पछिल्लो समय उनको नयाँ प्रेमप्रसंग सुन्न पाइएको छैन । उनी ‘बिन्दास’ फिल्मको फस्र्ट लुकका कारण पनि विवादित बनेकी थिइन् ।
सगरमाथा आरोही अभिनेत्री निशा अधिकारीका फिल्मले अधिक सफलता भने पाएका छैनन् । अफेयरकै कारण उनको चर्चा बढी हुने गरेको छ । पछिल्लो केही वर्षयता उनी क्रिकेटर शरद भेषवाकरसँग प्रेममा छिन् । कहिले पत्रकारसँग झगडा गर्ने त, कहिले केश मुण्डन गरेर ‘न्यु गेटअप’ दिनाले पनि उनको चर्चा सेलाउन पाउँदैन । उनी अभिनीत ‘फस्र्ट लभ’, ‘नैनारेशम’लगायतका फिल्म सफल छन् ।
‘पद्मिनी’, ‘मेरो भ्यालेन्टाइन’, ‘सुनगाभा’लगायतका फिल्मले उनको करिअरमा घाटा नै लगाए । मिडियासँग त्यति सुमधुर सम्बन्ध स्थापित गर्न नसक्नाले उनले गरेका राम्रा कामले पनि पर्याप्त सकारात्मक चर्चा भने कमाउन नसकेको देखिन्छ । पछिल्लो समय उनी म्युजिक भिडियो निर्देशनमा लागेकी छिन् ।
राजेश हमालले शरीरमा आएका गाँठाको चेकअप गराउने भन्दै नग्न फोटो खिचाएर बदनाम कमाए । श्रीमतीसँगको सम्बन्धविच्छेदको तोडमा शिव श्रेष्ठले फिल्म अभिनयबाट सन्न्यास लिएको घोषणै गरे । जसले गर्दा उनको अन्तिम भनिएको फिल्म ‘ठुल्दाइ’ सुपरहिट भयो । तर, सन्न्यास घोषणाको केही समयपछि नै उनले कान्छी पत्नी भित्र्याएनन्, मात्र ‘मालती’ फिल्ममा अभिनय गरेर असफलताको नमिठो स्वादसमेत पचाए । त्यस्तै, नेपाली चलचित्र क्षेत्रमा अभिनेत्रीको हर्कत अझ बेजोड छन् ।
रेखा थापा
रेखा थापालाई त ‘हर्कत क्विन’ भन्दा पनि फरक पर्दैन । उनी चर्चामा आउन छोटा लुगा लगाउनेदेखि राउटेका बच्चा पाल्न पनि पछि परिनन् । तर लाग्छ, पछिल्लो समय उनी सस्तो प्रचारबाजीलाई बढावा दिन छाडेकी छिन् । पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि रकम सहयोग गर्नेदेखि लिएर भूकम्पपीडितलाई सहयोग गर्न पनि उनले हात बढाएकी छिन् ।समय–समयमा विवादमा आउन उनलाई मन लाग्छ क्यारे । केही समयअघि मात्रै उनले कार्यक्रम आयोजकलाई धोका दिएको भन्ने समाचार आयो । खोटाङमा आयोजना हुने प्रोग्राममा भाग लिन जान्छु भनेर रकम लिएर पनि उनी सम्पर्कमा नआएको भन्दै आयोजकले मुद्दा हालेका थिए । तर पछि, आयोजकले नै आफूहरूबाट गल्ती भएको भन्दै माफी मागे ।
छविराज ओझासँगको डिभोर्स र व्यावसायिक टक्करका कारण पनि उनले चर्चा पाइरहन्छिन् । कहिले एमाओवादीबाट सभासद्मा उठ्न लागेकी त कहिले भोटर लिस्टमै नाम नभएका कारणले पनि उनले आलोचना खेप्नुपरेको छ । सुटिङ हुँदाहुँदै आफ्नो फिल्म ‘हिम्मतवाली’बाट तत्कालीन निर्देशक श्याम भट्टराईलाई हटाएर आफैँले ‘एक्सन कट’ गरेको कुराले पनि राम्रै हल्लीखल्ली मच्चाएको थियो । हिम्मतवालीका अभिनेता सुदर्शन गौतमसँगको अफेयरका कारण पनि उनले केही समय चर्चा कमाइन् ।
नम्रता श्रेष्ठ
नम्रता पनि फरक–फरक पुरुषसँगको अफेयरका कारण चर्चामा आइरहन्छिन् । कहिले डिजे तान्त्रिक, कहिले रमनदास श्रेष्ठ, प्रेम घले त पछिल्लो समय पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँगको अफेयरका कारण उनको चर्चा सेलाउन पाएको छैन । नम्रता र दावा अचेल सार्वजनिक कार्यक्रममा प्रायस् सँगै देखिन्छन् ।फिल्म, म्युजिक भिडियो अभिनयका कारणभन्दा बढी नम्रता विविध स्क्यान्डलका कारण चर्चामा आउने गरेकी छिन् । अभिनेत्री मात्र होइनन् उनी । उनले ‘सोल सिस्टर’ नामक फिल्म पनि निर्माण गरेकी थिइन् । तर, फ्लप भयो । त्यसपछि उनले दोस्रो फिल्म निर्माण गरेकी छैनन् । उनी अभिनीत ‘मेरो एउटा साथी छ’ र ‘नोभेम्बर रेन’ सफल फिल्ममा गनिन्छन् ।
प्रियंका कार्की
प्रियंका अभिनीत निकै कम फिल्म मात्र सफल भएका छन् । सफलभन्दा असफल फिल्म धेरै दिएकी प्रियंकाको आलोचना त्यतिवेला ह्वात्तै बढ्यो, जतिवेला उनको भित्री बस्त्र नलगाएको फोटो सार्वजनिक भयो । ‘नाइँ नभन्नु ल–२’ फिल्मको ‘सक्सेस प्रोग्राम’मा केही अनलाइन फोटोग्राफरले उनको बस्त्रविहीन देखिने फोटो कैद गर्न भ्याए । यद्यपि, प्रियंकाले आफूले ‘स्किन कलर’को भित्री बस्त्र लगाएको दाबी गर्दै एकजना अनलाइन पत्रकारविरुद्ध उजुरी पनि दिइन् ।बाल कलाकारका रूपमा फिल्म अभिनयमा प्रवेश गरेर पछि मिस टिन उपाधिसमेत जितेकी प्रियंकाले बिहे र सम्बन्धविच्छेदका कारण पनि उनले केही समय मिडियामा राम्रै स्थान पाइन् । पति र अमेरिका छोडेर नेपाली फिल्म अभिनयमा निरन्तर लागेकाले यदाकता उनको कदमको तारिफ पनि हुने गरेको छ ।
शुभेच्छा थापा
निर्मात्री, अभिनेत्री शुभेच्छा थापा केही समयअघिसम्म ‘माछावाली’को उपनामले कहलिएकी थिइन् । आफूले निर्माण गरेको ‘मिस नेपाल’ फिल्मको प्रमोसनका लागि आफ्ना स्तन माछाले छोपेर फोटो खिचाउनाले उनको दुर्नाम फैलियो ।अंग प्रदर्शनका मामलामा समेत उदार मानिएकी शुभेच्छालाई माछा काण्डले फाइदा भने पटक्कै दिएन । उनको मिस नेपाल फ्लप भयो । तैपनि, उनले फिल्म हिट भएको भन्दै वितरक करण श्रेष्ठ क्रेजीलाई ‘किस’ दिइन् । मिस नेपालको सक्सेस पार्टी पनि आयोजना गरिन् । आफूले फिल्म चलाउँदा लगाएको रकम फिर्ता नपाएको भन्दै करण शुभेच्छाविरुद्ध मुद्दा–मामिलामा उत्रन लागेका छन् । वेला–वेलामा उनीहरूबीच फेसबुकमा ‘वार’ पनि हुने गरेको देखिन्छ ।
पूजना प्रधान
पूजनाचाहिँ कहिले जय संगत भन्दै हिँड्छिन् त, कहिले आफूले निर्माण गरेको फिल्म हेर्न दर्शक नआएकोमा उप्रान्त फेसबुक नै चलाउँदिनँ भनेर घुर्की देखाउँछिन् । पहिला–पहिला एक्सपोजको मामलामा खुला रूपमा प्रस्तुत हुने गरेकी उनी अचेल भने सेलाएकी छिन् । फरक–फरक पुरुषसँगको प्रेमप्रसंगका कारण पनि उनको चर्चा हुने गरेको नयाँ पत्रिकाले छापेको छ । पछिल्लो समय उनी म्युजिक भिडियो मोडल तथा निर्देशक शिवम पोखरेलसँगको अफेयरका कारण चर्चामा छिन् । शिवम आफू र पूजनाबीच कानुनी रूपमै बिहे भइसकेको दाबी गर्छन् भने पूजना यो कुरा स्वीकार्न अन्कनाउँछिन् ।अनाथ बालबालिकाका लागि भवन बनाउने योजनाका कारण पूजनाको सकारात्मक चर्चा हुने गरेको भए पनि उनले निर्माण गरेको ‘चकलेट’ फिल्म असफल भएकाले मानिसले पत्याउन छाडेका छन् ।
बिनिता बराल
बिनिता बराल केही समयदेखि अमेरिकामा छिन् । हिरोइन बन्नका लागि वर्षाँै संघर्ष गरेकी उनलाई निर्देशक सबिर श्रेष्ठले ‘के म तिम्रो साथी बन्न सक्छु’ फिल्मबाट ‘आउट’ गरेपछि हंगामा मच्चियो । कारण, बिनिताले ‘मेरो बेइज्जत भयो, म आत्महत्या गर्छु,’ भनिन् । फिल्मबाट निकालिएको तोडमा चिन्तित बनेकी उनलाई अर्जुन कुमार र दीपेन्द्र के खनालले साथ दिए । उनीहरूले बिनितालाई ‘चपली हाइट’ फिल्ममा प्रमुख भूमिका दिए ।आफू चर्चामा आउनका लागि बिनिताले विविध प्रपञ्च रचिन् । उनले नग्न प्रायस् लाग्ने फोटोसुट मात्र गरिनन्, निर्माताले आफूलाई त्यसखाले फोटो खिच्न दबाब दिएको तथा फोटोसपको दुरुपयोग गरेको भन्दै पत्रकार सम्मेलनसमेत गरिन् । यौन मनोविज्ञानको कथामा निर्माण गरिएको सो फिल्ममा बिनिताले खुलेरै एक्सपोज गरेकी छिन् । चपली हाइट हिट भयो ।
बिनिताको चर्चा पनि भयो । तर, हत्तपत्त अर्को फिल्म हात पार्न मुस्किल पर्यो । निर्देशक कमलकृष्णले उनलाई ‘फुलस्टप’ फिल्ममा लिए । फुलस्टप फ्लप भयो । त्यसपछि भने बिनिता तरकारीखेतीमा लागिन् । पछि, ‘जुइनो’ नामक उपन्यास लेख्दै छु भनेर पनि मिडियामा छाइन् । उनले अभिनय गरेका ‘सुपरहिट’ र ‘उमंग’ दुई फिल्म रिलिज हुन बाँकी छन् ।
सुष्मा कार्की
हिरोइनभन्दा बढी ‘आइटम गर्ल’का रूपमा चिनिने सुष्मा कार्की फरक–फरक प्रेमीका कारण चर्चामा आइरहन्छिन् । त्यसका साथै ‘एक्सपोज’का कारण पनि उनको नाम लिने गरिएको छ । स्वदेशका मात्र होइन, विदेशमा हुने गरेका ‘स्टेज सो’मा समेत खुला रूपमा प्रस्तुत हुने गरेकाले उनले आलोचनायुक्त चर्चा पाउने गरेकी छिन् ।पहिला निर्देशक सुदर्शन थापासँगको सम्बन्धका कारण उनले चर्चा पाइन् । सुदर्शनसँग ‘ब्रेकअप’ भएपछि अनुप्रस्थ ब्यान्डका गायक नरेन शाहीसँग उनको प्रेम भयो । उनीबीच सार्वजनिकस्थलमै कुटाकुट भएको खबरले पनि उनलाई केही समय ‘ख्याति’ मिल्यो । तर, पछिल्लो समय उनको नयाँ प्रेमप्रसंग सुन्न पाइएको छैन । उनी ‘बिन्दास’ फिल्मको फस्र्ट लुकका कारण पनि विवादित बनेकी थिइन् ।
बेनिशा हमाल
प्रियंका कार्कीझैँ बेनिशा हमाल पनि सार्वजनिक कार्यक्रममा भित्री बस्त्र नलगाई गएको तस्बिर सार्वजनिक भएपछि एकाएक आलोचनामा आएकी थिइन् । उनले पनि आफूले भित्री बस्त्र लगाएको दाबी गरिन् । मोडल तथा अभिनेत्रीका रूपमा खासै चर्चा कमाउन नसके पनि बेनिशाले उक्त फोटोका कारण भने केही समय राम्रै हल्ला पाएकी थिइन् । त्यसबाहेक उनका लागि एक पुरुषले बिग मुभिजको एउटा हल नै बुकिङ गरेर फिल्म हेराएको खबरले पनि राम्रै ‘माइलेज’ पायो ।निशा अधिकारी
सगरमाथा आरोही अभिनेत्री निशा अधिकारीका फिल्मले अधिक सफलता भने पाएका छैनन् । अफेयरकै कारण उनको चर्चा बढी हुने गरेको छ । पछिल्लो केही वर्षयता उनी क्रिकेटर शरद भेषवाकरसँग प्रेममा छिन् । कहिले पत्रकारसँग झगडा गर्ने त, कहिले केश मुण्डन गरेर ‘न्यु गेटअप’ दिनाले पनि उनको चर्चा सेलाउन पाउँदैन । उनी अभिनीत ‘फस्र्ट लभ’, ‘नैनारेशम’लगायतका फिल्म सफल छन् ।
‘पद्मिनी’, ‘मेरो भ्यालेन्टाइन’, ‘सुनगाभा’लगायतका फिल्मले उनको करिअरमा घाटा नै लगाए । मिडियासँग त्यति सुमधुर सम्बन्ध स्थापित गर्न नसक्नाले उनले गरेका राम्रा कामले पनि पर्याप्त सकारात्मक चर्चा भने कमाउन नसकेको देखिन्छ । पछिल्लो समय उनी म्युजिक भिडियो निर्देशनमा लागेकी छिन् ।
No comments:
Post a Comment